• 28
    Shares

चौँरीदेउरालीमा कृषि सडकले स्थानीय खुशी

चौँरीदेउरालीमा कृषि सडकले स्थानीय खुशी

  • 28
    Shares

बनेपा : काभ्रेको कोशीपारीस्थित चौंरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक निर्माण भएको छ ।

गाउँपालिकाको करिब ८ लाख बजेटमा निर्माण भएको रातोचौंर–च्यानडाँडा–केउरेनी कृषि सडकले स्थानीयलाई निकै सहज बनाएको छ । सो सडकले वडाबाट गाउँपालिका केन्द्र र मध्यपहाडी लोकमार्ग समेत जोडेको छ । यसले आवागमनमा सहज बनाएको भन्दै स्थानीय खुशी छाएको छ ।

गाउँपालिका अध्यक्ष गौतमले निर्वाचनमा आफूहरुले स्थानीय जनतासँग गरेको प्रतिबद्धता अनुरुपको काम पूरा हुँदै गएको बताउनुभयो । “हामीले निर्वाचनम यहाँको खानेपानी, बिजुली र सडकको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका थियौं, ती समस्या समाधान गरेका छौं,” उहाँले भन्नुभयो । गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाइले आफूहरु निर्वाचित भएर आउँदा देखेका समस्या क्रमशः पूरा गर्दै आएको बताउनुभयो ।

वडा अध्यक्ष रामबहादुर लामाले आफ्नो वडा गाउँपालिकाको सबै भन्दा विकट भएको बताउँदै पछिल्लो समयमा विकासको गतिविधि बढीरहेको उल्लेख गर्नुभयो ।

  •  
    28
    Shares
  • 28
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौं । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेर) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी छन् । १८ कात्तिकदेखि ६...

प्रचण्ड–माधवको ‘प्रेम’ सिनेमाको जस्तो : ओली

काठमाडौं, माघ ८ आफूपक्षीय पत्रकारलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको ‘प्रेम’ सिनेमाको जस्तो भएको टिप्पणी...

अब स्थानीय तहले नै कर्मचारीको राजीनामा स्वीकृत गर्न सक्ने

काठमाडौं । सरकारले स्थानीय तहमा समायोजना भएका कर्मचारीको राजीनामा स्वीकृत गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । कर्मचारी समायोजन ऐन, २०७५ को व्यवस्थाअनुसा प्रदेश र...

सम्बन्धित शीर्षक

  •  
    28
    Shares
  • 28
  •