मुलुकको आर्थिक वृद्धिका लागि सबै क्षेत्रमा परिवर्तन आवश्यक छः भारतिय प्रधानमन्त्री मोदी

मुलुकको आर्थिक वृद्धिका लागि सबै क्षेत्रमा परिवर्तन आवश्यक छः भारतिय प्रधानमन्त्री मोदी

मैसुरु, कार्तिक ३
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको आर्थिक वृद्धिका लागि सबै क्षेत्रमा परिवर्तन आवश्यक भएकोमा जोड दिएका छन् ।

उनले सवै क्षेत्रको विकास गर्दै मुलुकको आर्थिक वृद्धिदर बढाएर यो दशकलाई भारतको दशक बनाउन आह्वान पनि गरे । पछिल्लो ६–७ महिनामा विभिन्न क्षेत्रको पुनर्संरचनाको गति हेर्दा बढ्दै गएको देखिन्छ, कृषि, रक्षा, उड्यन, श्रमलगायतका क्षेत्रमा त्यस्तो देखिएको छ, उनले भने ।

प्रधानमन्त्री मोदीले यी सवै क्षेत्रले देशको आर्थिक वृद्धिका लागि सहयोग गर्न आवश्यक रहेको बताए । मैसुरु विश्वविद्यलयको एक कार्यक्रमलाई सोमबार भिडियोमार्फत् सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले युवाहरुले सवै क्षेत्रको पुनर्संरचना गर्दै देशलाई ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गरे ।

यस दशकमा हामीले देशको सवै क्षेत्रको जगलाई बलियो बनाउन आवश्यक छ, त्यो गर्न अहिले युवाहरुलाई ठूलो अवसर पनि छ, उनले भने । उनले कर्नाटक प्रदेशका विभिन्न क्षेत्रमा आएको बाढी पहिरो र त्यसले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । सवै प्रभावित र पीडितहरुका लागि प्रान्तीय सरकार र केन्द्रीय सरकारसँगसगै रहेको पनि उनले बताए ।

अत्यावश्यक र सक्दो सहयोग उनीहरुलाई दुवै सरकारको तर्फबाट हुने पनि प्रधानमन्त्री मोदीले आश्वासन दिए ।देशको विकास र शिक्षाको उपयोगिताका लागि शिक्षाले सिप, पुनर्सिप र सिपको बृद्धिमा जोड दिनुपर्ने बताए ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरी बर्दीको बदनाम: बैंक भौचरले खुल्यो दुई एसपीको असुली धन्दा

काठमाडौं, मंसिर १८ नेपाल प्रहरीका एसपी रामेश्वरप्रसाद यादव रूपन्देहीमा डीएसपी दर्जामा कार्यरत रहँदा आर्थिक अनियमिततामा मुछिएपछि २०६९-७० ताका निलम्बनमा परेका थिए । शक्ति केन्द्रको भनसुन र...

मन्त्रिपरिषद् बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सो बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ। सचिव बुढुवाका लागि सिफारिस भएका...

दाङमा पनि राजतन्त्र माग्दै निस्कियो विशाल जुलुस

दाङ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै दाङमा राजसंस्था पक्षधरले दाङमा विशाल जुलुस निकालेका छन् । बिहीवार दाङको घोराहीमा उल्लेख्य मानिसको उपस्थतिमा नागरिक समाज तथा...

सम्बन्धित शीर्षक

  •  
  •  
  •