पछिल्लो २४ घण्टामा दुई हजार ९४२ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा दुई हजार ९४२ कोरोना संक्रमित थपिए

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ९४२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९४२ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३२६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९२ हजार १६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १२ हजार ९३३ जना र होम आइसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८३१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ ।

शनिबार देशभर तीन हजार १६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८०० जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरी बर्दीको बदनाम: बैंक भौचरले खुल्यो दुई एसपीको असुली धन्दा

काठमाडौं, मंसिर १८ नेपाल प्रहरीका एसपी रामेश्वरप्रसाद यादव रूपन्देहीमा डीएसपी दर्जामा कार्यरत रहँदा आर्थिक अनियमिततामा मुछिएपछि २०६९-७० ताका निलम्बनमा परेका थिए । शक्ति केन्द्रको भनसुन र...

मन्त्रिपरिषद् बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सो बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ। सचिव बुढुवाका लागि सिफारिस भएका...

दाङमा पनि राजतन्त्र माग्दै निस्कियो विशाल जुलुस

दाङ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै दाङमा राजसंस्था पक्षधरले दाङमा विशाल जुलुस निकालेका छन् । बिहीवार दाङको घोराहीमा उल्लेख्य मानिसको उपस्थतिमा नागरिक समाज तथा...

सम्बन्धित शीर्षक

  •  
  •  
  •