कैलाली घटनाः असईको हत्यामा संलग्न रहेको आशंकामा ११ जना पक्राउ

कैलाली घटनाः असईको हत्यामा संलग्न रहेको आशंकामा ११ जना पक्राउ

कैलाली । शनिबार रातिदेखि बेपत्ता धनगढी उप–महानगरपालिका–१२ जुगेडामा रहेको अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक मृत भेटिएका छन् । कैलालीको मोहना नदीको बीचमा आइतबार उनको शव भेटिएको हो। उनीसँगै गस्तीमा निस्केका अर्का प्रहरी जवान रामबहादुर साउद भने भने अझै बेपत्ता छन् ।

सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बेपत्ता भएकामध्ये असईको शव भेटिएको र जवान भने अझै बेपत्ता रहेको जानकारी दिए । उनले उक्त घटनामा संलग्न रहेको आशंकामा अहिलेसम्म प्रहरीले ११ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको बताए ।

‘घटनामा संलग्न रहेको आशंकामा ११ जनालाई पक्राउ गरेका छौँ’,  कुरा गर्दै डीआईजी सुवेदीले भने, ‘पक्राउ पर्नेमा यसअघि तस्करी मुद्दामा परेका, आसई बिकसँग रिसिइबी रहेकाहरु रहेका छन्।’ उनले अनुसन्धानकै क्रममा रहेका कारण पक्राउ परेकाको नाम भने सार्वजनिक नगरिएको बताए ।

उनले असईको शवमा चोटपटक देखिएको हुँदा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको हुनसक्ने आशंका व्यक्त गरे । त्यस्तै बेपत्ता रहेका प्रहरी जवानको खोजीमा अहिले सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित गरिएको छ ।

शनिबार राति बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल उनीहरु गस्तीमा निस्किएका थिए । उक्त मोटरसाइकल भने बिकको शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले बिकसँग रहेको हतियार फेला नपरेको जानकारी दिएको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरी बर्दीको बदनाम: बैंक भौचरले खुल्यो दुई एसपीको असुली धन्दा

काठमाडौं, मंसिर १८ नेपाल प्रहरीका एसपी रामेश्वरप्रसाद यादव रूपन्देहीमा डीएसपी दर्जामा कार्यरत रहँदा आर्थिक अनियमिततामा मुछिएपछि २०६९-७० ताका निलम्बनमा परेका थिए । शक्ति केन्द्रको भनसुन र...

मन्त्रिपरिषद् बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सो बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ। सचिव बुढुवाका लागि सिफारिस भएका...

दाङमा पनि राजतन्त्र माग्दै निस्कियो विशाल जुलुस

दाङ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै दाङमा राजसंस्था पक्षधरले दाङमा विशाल जुलुस निकालेका छन् । बिहीवार दाङको घोराहीमा उल्लेख्य मानिसको उपस्थतिमा नागरिक समाज तथा...

सम्बन्धित शीर्षक

  •  
  •  
  •