सार्वजनिक यातायातमा अब ‘फेस सिल्ड’ नलगाई चढ्न नपाइने

सार्वजनिक यातायातमा अब ‘फेस सिल्ड’ नलगाई चढ्न नपाइने

काठमाडौ । सरकारले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने नियम बनाएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग गर्नुपर्ने बताएका हुन् ।

‘मास्क लगाएजस्तो अब यात्रुहरूले फेस सिल्ड पनि अनिवार्य प्रयोग गर्नुपर्छ,’ उनले भने । साथै फेस सिल्डको व्यवस्थापन भने यात्रु आफैले गर्नुपर्ने भुषालले जनाए। उनले फेस सिल्ड नलगाउने यात्रुहरूले यात्रा गर्न नपाउने बताए ।

यसरी फेस सिल्डको प्रयोग गर्दा संक्रमण जोखिम कम हुने विभागको विश्वास छ। यसअघि भने सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कको मात्र प्रयोग गर्ने भनिएको थियो। अब भने मास्कसँगै फेस सिल्डको पनि अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ ।

विभागले यो नियम यथाशिघ्र कार्यान्वयन गर्न सर्वसाधरणलाई अपिल गरेको छ। प्रवक्ता भुषालले उक्त निर्णय कार्यान्वयन गराउन ट्राफिक प्रहरी लगायत सबै निकायलाई जानकारी गराइसकिएको बताए ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दाङमा पनि राजतन्त्र माग्दै निस्कियो विशाल जुलुस

दाङ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै दाङमा राजसंस्था पक्षधरले दाङमा विशाल जुलुस निकालेका छन् । बिहीवार दाङको घोराहीमा उल्लेख्य मानिसको उपस्थतिमा नागरिक समाज तथा...

त्रिभुवन विश्वविद्यालयमा भौतिक उपस्थितिमा पढाइ हुने, स्थगित परीक्षा मंसिर २८ गतेदेखि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थानीय तहसँग समन्वय गरेर विद्यार्थी र शिक्षकको भौतिक उपस्थितिमा नै नियमित कक्षा सञ्चालन गर्न सबै क्याम्पसलाई निर्देशन दिएको...

पानी तान्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

काठमाडौं, मंसिर १८ पर्सामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका-६ गमरिया बस्ने २५ वर्षीय दिनेश साहको करेन्ट लागेर बुधबार राति मृत्यु भएको...

सम्बन्धित शीर्षक

  •  
  •  
  •