दम्पतीमाथि धारिलो हतियारले आक्रमण

दम्पतीमाथि धारिलो हतियारले आक्रमण

काठमाडौँ । मौलापुर नगरपालिका वडा नं ५ पतौरा गाउँका ३५ वर्षीय हरेन्द्र साह र उनकी श्रीमती शिला देवीमाथि धारिलो हतियारले साङ्घातिक आक्रमण भएको छ । धारिलो हतियारको आक्रमणले हरेन्द्रको दाहिने कानका छेउमा र पत्नीको दाहिने पाखुरामा गम्भीर घाउ लागेको छ ।

उनीहरुलाई गम्भीरावस्थामा तत्कालै उपचारका लागि गए राति एम्बुलेन्सबाट एलएस न्युरो अस्पताल वीरगञ्ज पठाइएको छ । रातभरिको उपचारपछि दुवैको अवस्था सुधार हुँदै गएको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए ।

राति १ बजे साह दम्पती सुतिरहेका अवस्थामा अज्ञात मानिसले दुवैमाथि धारिलो हतियारले आक्रमण गरेको थियो । आक्रमणको ठोस कारण खुल्न नसके पनि घटनास्थलको प्रकृतिअनुसार साहका घरमा चोरी गर्ने उद्देश्यले चोर आएको र जाग्राम भएपछि आफू बच्नलाई दम्पतीमाथि आक्रमण गरेर भागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रनाउ श्रेष्ठले घरमा चोर देखेर शिलादेवीले होहल्ला गर्दा उनमाथि पहिले र हरेन्द्र उठ्दा उनीमाथि पछि आक्रमण भएको बताउँदै घटनामा संलग्नको खोजी तथा अनुसन्धान भइरहेको जानकारी दिए ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरी बर्दीको बदनाम: बैंक भौचरले खुल्यो दुई एसपीको असुली धन्दा

काठमाडौं, मंसिर १८ नेपाल प्रहरीका एसपी रामेश्वरप्रसाद यादव रूपन्देहीमा डीएसपी दर्जामा कार्यरत रहँदा आर्थिक अनियमिततामा मुछिएपछि २०६९-७० ताका निलम्बनमा परेका थिए । शक्ति केन्द्रको भनसुन र...

मन्त्रिपरिषद् बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। सो बैठकमा प्राविधिकतर्फको सचिव बढुवाको कार्यसूची रहेको बताइएको छ। सचिव बुढुवाका लागि सिफारिस भएका...

दाङमा पनि राजतन्त्र माग्दै निस्कियो विशाल जुलुस

दाङ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै दाङमा राजसंस्था पक्षधरले दाङमा विशाल जुलुस निकालेका छन् । बिहीवार दाङको घोराहीमा उल्लेख्य मानिसको उपस्थतिमा नागरिक समाज तथा...

सम्बन्धित शीर्षक

  •  
  •  
  •