यज्ञराज ढुंगेल राजनीतिक, शिक्षा र सहकारीका ‘हेड सर’

यज्ञराज ढुंगेल राजनीतिक, शिक्षा र सहकारीका ‘हेड सर’

काठमाडौं, कार्तिक १
दोलखाका शैक्षिक सहकारी आन्दोलनका का अभियान्ता एवं सामाजिक क्षेत्रका अगुवा यज्ञराज ढुंगेलको संस्मरणात्मक कृति ‘हेड सर’ शनिवार काठमाडौंमा एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले उक्त पुस्तक विमोचन गरेका छन् ।

त्यसक्रममा उनले लेखक ढुंगेल शिक्षकको मात्र हेडसर नभएको उल्लेख गर्दै भने, ‘उनले सामाजिक अभियानको हेडसर, सहकारी आन्दोलनको हेडसर, राजनीतिक आन्दोलनमा समेत हेडसर रहे । उनले हेडसरहरुको पनि हेडसर भए । उनीप्रति मेरो सधैँ गौरव छ ।’गुरुङले दोलखामात्रै नभएर सिंगो नेपालका सहकारी आन्दोलन नयाँ मोड लैजान उनको ठुलो योग्दान रहेको टिप्पणी समेत गरे ।

‘ढुंगेलले स्थापना गरेको हनुमन्तेश्वर मावि बागमती प्रदेशकै उत्कृष्ट छ । उनले स्थापना गरेको सहकारी आज नेपालमात्रै नभई दक्षिण एसियामै नमुना सहकारीको रुपमा स्थापीत रहेको बताए । राजनीतिक रुपमा दोलखा र समग्र देशको राजनीति रुपमा समेत ‘ढुंगेल सफल भए । त्यसैले उनी सफल हो’ मन्त्री गुरुङले भने ।

कार्यक्रममा ढुंगेलका विद्यार्थी समेत रहेका केन्द्रीय राजनीतिमा चर्चित अनुहार पशुपति चौलागाईँ, आनन्दप्रसाद पोखरेल, शान्ती पाख्रिनसहितले त्यतिबेलाको संस्मरण गरेका थिए ।ढुंगेल र उनको कृतिबारे बरिष्ठ पत्रकार भैरव रिसाल, टंक पन्त, घोस्ट राइटिंगका अध्यक्ष कमल ढकाल, मानवाधिकारकर्मी डा.टिकाराम पोखरेलले आफ्नो धारणा राखेका थिए ।

उतिबेलैदेखि राजनीतिमा सक्रिय जितवीर लामा, लालकुमार केसीसहितले ढुंगेलको समग्र पाटोको विश्लेषण गरेका थियो । पुस्तकलाई घोस्ट राइटिंग नेपालले प्रकासन गरेको हो ।सोही क्रममा ढुंगेलले नै लेखेको पहिलो कविता संग्रह ‘आकाशै पल्टिए पनि’ समेत सार्वजनिक गरिएको थियो ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •