वीरगन्जबाट २२ किलो अवैध सुन बरामद

वीरगन्जबाट २२ किलो अवैध सुन बरामद

पर्सा । दसैंको मौका छोपी अवैध तरिकाले लुकाई छिपाई ल्याएर भण्डारण गरी राखिएको ठाउँमा पर्सा प्रहरीले छापा मारेको छ। अवैध तरिकाले गोदामसम्म पुर्‍याई भण्डारण गरिएको सुन गोदाममा पर्सा प्रहरीले छापा मारेको हो ।

छापा मार्ने क्रममा २२ किलोभन्दा बढी सुन बरामद भएको पर्सा प्रहरीले जनाएको छ। प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी नै रहे पनि पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा रहेको ६ नं. गेट नजिकको गणेश अपार्टमेन्ट स्टोरमा छापा मारिएको स्थानीयले बताए।

सुनचाँदी व्यवसायीहरूका अनुसार यो अपार्टमेन्ट राजु दारुकाको हुन सक्ने जनाइएको छ। सुनचाँदी व्यवसायीहरुको यहाँ कुनै पनि दोकान वा गोदाम छैन सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष प्रवेश सर्राफले बताए ।

पहिले पनि दारुका सुन काण्डमा पटक पटक विवादमा पर्दै आएका थिए। अवैध तरिकाले सुन ओसारपसार र स्टोर गरिएको भन्ने सूचना अनुसार प्रहरीले शनिबार दिउँसो छापा मारी साढे २२ केजी जति पहेँलो धातु बरामद गरिएको छ ।

जम्मा कति परिणाम ? हो भन्नेबारे प्रहरीले नापतौल गरिरहेको छ। नीलो प्लाष्टिकमा प्याक गरिएको पहेँलो धातु (सुन) भारी मात्रामा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता मनोजित कुँवरले बताए। यसको विस्तृत विवरण बारे पर्सा प्रहरीले पत्रकार सम्मेलन नै गरी जानकारी दिने उनको भनाइ छ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •