धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । झापा, शिवगढी–११ का ५७ वर्षीय र सुनसरी, धरान१५ का ६५ वर्षीय पुरुषको आधाआधा घण्टाको फरकमा मृत्यु भएको हो ।

सुनसरीका पुरुषको बिहान ७ः१५ र झापाका पुरुषको ७ः४६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । झापाका बिरामीलाई आज मात्र प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याइएको थियो ।

सुनसरीका बिरामीलाई गत असोज २८ गते कोभिड भई २९ गते अस्पताल भर्ना गरिएको थियो । उनको पेटको समस्या भई भर्खर शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ। यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •