कर्णाली प्रदेशको विवादबारे दुवै पक्षसँग छलफलमा ओली, प्रचण्ड गएनन् बालुवाटार

कर्णाली प्रदेशको विवादबारे दुवै पक्षसँग छलफलमा ओली, प्रचण्ड गएनन् बालुवाटार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली विवादबारे नेताहरुसँग अहिले बालुवाटारमा छलफल गरिरहेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाहलगायत दुवै पक्षका नेताहरुसँग ओली छलफलमा छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध कँडेलको नेतृत्वमा अविश्वसको प्रस्ताव आएपछि प्रदेशमा विवाद चुलिएको थियो । गत आइतवार १८ जना सांसदहरुले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई बिहीवार छलफल गर्नेगरी मंगलवार काठमाडौं बोलाएका थिए । तर, अझैसम्म पनि संयुक्त रुपमा छलफल हुन सकेको छैन ।

अध्यक्ष प्रचण्डले दुई पक्षसँग बिहीवार र शुक्रवार छुट्टाछुट्टै छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले प्रचण्डलाई बालुवाटार डाके पनि उनी अनुपस्थित छन् । प्रचण्डले ओलीलाई पहिले नेताहरुसँग छलफल गरेपछि मात्रै संयुक्त छलफल गर्ने जानकारी दिएका छन् । ‘मैले उहाँहरुसँग दुई दिन छलफल गरिसकेको छु । पहिले तपाइले छलफल गर्नुस् । त्यसपछि मात्रैसँगै बसौंला,ु प्रचण्डको भनाइ उदृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटाले भने ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •