भक्तपुर इन्काउन्टर फेक भएको आयोगको ठहर, ६ प्रहरीलाई ज्यानमुद्दा चलाउन सिफारिस

भक्तपुर इन्काउन्टर फेक भएको आयोगको ठहर, ६ प्रहरीलाई ज्यानमुद्दा चलाउन सिफारिस

काठमाडौं, कार्तिक १
राष्ट्रिय मानवअधिकार आयोगले दुई वर्षअघि भक्तपुरमा दुई युवकको प्रहरी गोलीबाट भएको मृत्यु मुठभेड नभई नियोजित हत्या भएको निष्कर्ष निकालेको छ । आयोगको बुधबार सम्पन्न बैठकले घटनामा संलग्न ६ प्रहरीलाई ज्यान मुद्दा चलाउन सिफारिस गरेको छ । अपहरणका आरोपित दुई युवकलाई पक्राउ गरेर गोली हानी हत्या गरिएको आयोगको ठहर छ ।

बालक निशान खड्काको अपहरणमा संलग्न भनिएका अजय तामाङ र गोपाल तामाङको २० साउन ०७५ मा सूर्यविनायक जंगलमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । भाग्न खोज्दा उनीहरूलाई गोली हानिएको प्रहरी दाबी थियो । तर, छानबिनमा उनीहरूलाई डेराबाटै पक्राउ गरिएको र घटनास्थलमा मुठभेडको कुनै प्रमाण नभएकाले प्रहरीबाट गम्भीर मानवअधिकार उल्लंघन भएको ठहर आयोगको छ । यस घटनामा दोषी प्रहरीको नाम शुक्रबार सार्वजनिक गरिने आयोगले जनाएको छ । त्यस घटनामा महानगरीय अपराध महाशाखाका प्रहरी संलग्न थिए । स्रोतका अनुसार मुद्दा चलाउन सिफारिस गरिएकामा सिनियर प्रहरी अधिकृतसमेत छन् ।

घटनालगत्तै मृतकका परिवारले आयोगमा उजुरी दिएका थिए । आयोगले सर्वोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा विवादास्पद इन्काउन्टर छानबिन गर्न समिति गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा आयोगले दोषी प्रहरीमाथि मुद्दा चलाउने निर्णय गरेको हो ।

कुमार पौडेल इन्काउन्टरमा पनि प्रहरी दोषी

यस्तै, आयोगले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टरमा संलग्न प्रहरीलाई पनि मुद्दा चलाउनैपर्ने अर्को निर्णय गरेको छ । आयोगले गत वर्ष नै इन्काउन्टरमा संलग्न तीन प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन र आदेश दिनेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो । गृह मन्त्रालयले उनीहरूलाई कारबाही गर्न नसकिने बताउँदै निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो । उक्त निर्णयमा पुनर्विचार हुन नसक्ने ठहर भएको आयोगका एक सदस्यले जानकारी दिए ।

५ असार ०७६ मा सर्लाही लालबन्दीमा प्रहरीको गोलीबाट पौडेलको मृत्यु भएको थियो । प्रहरीले दोहोरो मुठभेडमा मृत्यु भएको बताए पनि आयोगले दोहोरो भिडन्त वा आत्मरक्षाको अवस्था नरहेको बताउँदै प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहसहित हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रमाथि मुद्दा चलाउन सिफारिस गरेको हो ।

त्यस घटनामा प्रहरी निरीक्षक किरण न्यौपाने र सई सूर्यकुमार कार्कीलाई विभागीय कारबाही गर्न भनिएको छ । तर, गृह मन्त्रालयले सिफारिस कार्यान्वयन गरेको छैन । तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रत्यक्ष मातहतमा खटिएका ती प्रहरीले पौडेललाई गोली प्रहार गरेका थिए । खनालकै कार्यकालमा प्रहरीमा विवादास्पद इन्काउन्टरहरू भएका थिए । सोहीकारण यतिवेला धेरै प्रहरी अधिकृत छानबिनमा तानिएका छन् ।

अन्य इन्काउन्टर घटनाको भने थप छानबिन गर्ने निर्णय आयोगले गरेको छ । दिनेश अधिकारी ‘चरी’, कुमार घैँटेलगायतको इन्काउन्टरमा उनीहरूका परिवारसँग थप बुझ्ने निर्णय भएको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •