एक वर्षदेखि शौचालयमा थुनिएकी महिलाको उद्धार

एक वर्षदेखि शौचालयमा थुनिएकी महिलाको उद्धार

एजेन्सी । भारतको हरियाणको पानीपट जिल्लास्थित रिषपुर गाउँबाट एक महिलाको उद्धार गरिएको छ । उनलाई श्रीमानले एक वर्षदेखि शौचालयमा थुनेर राखेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यद्यपि उनका श्रीमानले भने पत्नीमा मानसिक समस्या रहेको बताएका छन् । महिला संरक्षण तथा बाल विवाह रोकथामका अधिकारी रजनी गुप्ताले उद्धार गरिएकी महिलामा भने कुनै किसिमको मानसिक समस्या नदेखिएको बताइन् ।

उनले भनिन्, ‘मैले महिलालाई एक वर्षभन्दा लामो समयदेखि शौचालयमा थुनेर राखेको सूचना पाएको थिएँ । यहाँ म मेरो टोलीसँग आएँ । यहाँ आइपुग्दा मैले पाएको सूचना सत्य ठहरियो । महिलाले केही दिनदेखि केही खान पनि नपाएको जस्तो देखिन्छ । उद्धार गरिएसँगै उनका श्रीमान् नरेशविरुद्ध मुद्दा दायर गरिएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

नरेशले भने महिलामा मानसिक समस्या रहेको र आफूले यसअघि डाक्टरलाई देखाउँदा पनि स्वास्थ्यमा कुनै सुधार नआएको बताएका छन् । प्रहरीले भने अहिले नरेशविरुद्ध मुद्दा दायर गरिएको र महिलामा मानसिक समस्या रहेको वा नरहेको भन्ने जाँचका लागि डाक्टरको परामर्श लिन लागिएको बताएको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •