जग्गा कारोबारमा हुने आर्थिक चलखेल रोक्न कित्ताकाट खुलाउने निर्णय गरेका हौँः मन्त्री अर्याल

जग्गा कारोबारमा हुने आर्थिक चलखेल रोक्न कित्ताकाट खुलाउने निर्णय गरेका हौँः मन्त्री अर्याल

काठमाडौँ । व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जग्गासम्बन्धी कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न जग्गाको कित्ताकाट खुलाउने निर्णय गरिएको बताएका छन्। ऐन कार्यान्वयनमा नआउँदा जग्गा कारोबारमा आर्थिक चलखेल हुने क्रम बढेकाले त्यसलाई रोक्न कित्ताकाट खुला गरिएको उनले बताए । भू—उपयोग ऐन २०७६ समयमै कार्यान्वयन गर्न नसक्दा आर्थिक चलखेलबाट नहुने काम पनि हुने र पैसा नहुनेको हुने काम पनि नहुने क्रम बढेकाले कित्ताकाट खुलाउने निर्णय गरिएको मन्त्री अर्यालले बताए ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्री अर्यालले आर्थिक चलखेलमा हुने गरेका सुशासन विरोधी गतिविधि रोक्ने हुटहुटीले कित्ताकाट खुला गर्ने निर्णय गरिएको पनि बताए । उनले भने, ‘ऐन कार्यान्वयन नहुँदा समस्या भयो । सुशासन कायम गर्ने अभियान हामीले चलाउन खोज्यौँ तर सुशासन विरुद्ध गतिविधिहरु बढ्न थाले यसबाट पैसा हुँदा नहुने काम पनि हुने पैसा नहुँदा हुने काम पनि नहुने क्रम बढ्यो ।

त्यसलाई रोकेर सुशासन कायय गर्न अनेक संघर्ष ग¥यौँ । प्रविधिको प्रयोग पनि भयो तर केही केही कुरा बाहिर आउन थालेपछि कित्ताकाट सम्बन्धि प्रवन्ध गरेर जाउँ भनेर हतार गरिएको हो। तलको चलखेल देखेर डर लागेर हतारो गरिएको हो । जनता र राष्ट्रका लागि काम गर्दा आफ्नो निजी स्वार्थ केही पनि हुने उल्लेख गर्दै उनले कित्ताकाट खुला गरेपछि भइरहेको सबै आलोचनाहरुको प्रष्टीकरण दिन जरुरी नहरहेको पनि बताइन्।

मन्त्री अर्यालले अहिले ऐन कार्यान्वयनको चरणमा आइसकेको बताइन् । ५ सय ३३ स्थानीय तहहरुमा भू—उपयोग नक्सा हस्तान्तरण भइसकेको र बाँकी स्थानीय तहहरुमा समेत हस्तान्तरणको गृहकार्य भइरहेको उनको भनाइ छ । गत भदौ १८ गते मन्त्रिस्तरिय निर्णयले कृषि भूमि कित्ताकाट गर्न रोक्का गर्ने निर्णय बदर गरेको थियो। सरकारको कित्ताकाट खुला गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ । अहिले मुद्दा विचाराधीन रहेको छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •