आदित्य नारायणको विवाह कोसँग हुँदैछ ?

आदित्य नारायणको विवाह कोसँग हुँदैछ ?

एजेन्सी । उदीत नारायणका छोरा आदित्य नारायणले यसै वर्ष विवाह गर्ने उल्लेख गरेका छन् । आदित्यले सोमबार सामाजिक सञ्जालमा प्रेमीका श्वेता अग्रवालसँगको फोटो सेयर गर्दै यसै वर्ष विवाह गर्ने बताएका हुन् । आदित्य र श्वेता लामो समय प्रेम सम्बन्धमा रहेको बताइन्छ । २०१० मा ‘शापित’ फिल्ममा काम गर्दा उनीहरूको पहिलोपटक भेट भएको थियो ।

‘शापित’ उनीहरू २ जनाको नै डेब्यु फिल्म हो । १० वर्षदेखिको प्रेम सम्बन्धबारे उनले कहिल्यै नलुकाएको बताएका छन् । यद्यपी कुनै समय सम्बन्धको बारेमा बोल्न बन्द गरेको पनि उनले स्वीकार गरेका छन् । आदित्यले उनीहरूबीचको विवाह औपचारिकता पूरा गर्ने माध्यम मात्रै हुने उल्लेख गरेका छन् ।

उनीहरूको विवाह नोभेम्बर वा डिसेम्बरमा हुने आदित्यले बताएका छन् । गायन र अभिनयसहित आदित्य रियालिटी शोमा उद्घोषणका लागि पनि लोकप्रिय छन् । त्यसैगरी श्वेताले पनि दक्षिण भारतीय फिल्मका हस्ती प्रभास र किच्छा सुदिप लगायत अन्य अभिनेताहरूसँग काम गरिसकेकी छन् ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •