महिलाको छाती र तीघ्राकै लागी कमेन्ट गर्नेहरू

महिलाको छाती र तीघ्राकै लागी कमेन्ट गर्नेहरू

मुना चौधरी

शारीरिक संरचनाका हिसाबले हेर्दा महिला र पुरुष एकअर्काभन्दा भिन्न हुन्छन् । आखिर शारीरिक संरचनामा त्यस्तो के छ ? महिलाहरूको शारीरिक संरचना हेरेरै किन पुरुषहरुले सामाजिक सञ्जालमा अनेक कमेन्ट र म्यासेज गर्ने गर्छन् ? म एक महिला भएको नाताले आम महिलाको गुनासो राख्ने प्रयास गरेकी छु ।

एकपटक मैले स्कर्ट र स्यान्डो लगाएको तस्बिर फेसबुकमा राखेकी थिएँ । त्यो फोटोमा कमेन्ट आयो, ‘तिम्रो छाती त पूरै देखेँ । तिम्रो तीघ्रा कति राम्रो । फ्रक अझै माथि सार न मैया ।’

यो कमेन्ट पढेर यो अनुमान लगाउन सकिन्छ कि त्यो मान्छेले मेरो पिसाब फेर्ने ठाउँ हेर्छु भन्न खोजेको हो । त्यस्तो कमेन्ट गर्ने मान्छे यो किन बिर्सन्छन् कि पिसाब फेर्ने ठाउँ त उसको पनि छ, चेलीहरु उसका पनि छन् । स्तन, तीघ्रा र योनि उसका चेलीका पनि छन् ।

सामाजिक सञ्जालमा एक हप्ताअगाडि एकजनाले मलाई पुरुष र महिलाको अश्लील तस्बिर मेसेन्जरमा पठाएका थिए । मैले त्यस्तो तस्बिर पठाउनेको प्रोपाइल चेक गरेँ । फेक आइडी थियो । मैले मेसेज हेरेर केही रिप्लाई गरिनँ । चुप लागेर बसेँ । उताबाट फेरि मेसेज आयो, ‘डु यु लाइक दिस् ?’ मैले सोचेँ– यस्ताहरूसँग मुख लाग्नुभन्दा मौन रहनु नै जाती । मैले त्यो आइडीमा रिपोर्ट गरेँ र तुरुन्तै त्यो आइडीलाई ब्लक गरेँ । त्यस्तो तस्बिर पठाउने मान्छेले यो कुरा किन बिर्सन्छ– नैतिकता र समझदारी भए त्यो सब सामान्य प्रक्रिया हो । उसको जन्म पनि उसका बाआमाको त्यस्तै गतिविधिबाट भएको हो । यस्ता कुरा पुरुषहरुलाई सम्झाउनै, पढाउनैपर्ने हो रु वा, यसलाई जे भने पनि हुन्छ भन्ने हेपाहा र पुरुषवादी सोच हो उसको ?

फेक आइडीबाट कतिपयले त सीधै पोर्न भिडियो पठाउँछन् । अझ त्यसमाथि सोध्छन् पनि, ‘कस्तो लाग्यो ?’ हेप्न पनि कतिसम्म सकेका १ मान्छे कुन सोचमा हुन्छ, काममा हुन्छ, कुन तनावमा हुन्छ– जे पायो त्यही मेसेज वा कमेन्ट गरेर बिथोल्ने ? यो हिंसा होइन ? हिंस्रक जनावरसँग डराएजस्तै पुरुषसँग डराउनुपर्ने किन रु पुरुष डराउनुपर्यो नि महिला हिंसा गर्न, बलात्कार गर्न, होइन र ? कुनै महिलाले ढाड, तीघ्रा, पेट देखाएर हिँडी, के देखाउँदैमा पुरुषले अपराध गरिहाल्नुपर्छ ? हो, सामाजिक सञ्जालमा बेकारका मान्छेका गतिविधिलाई बेवास्ता गर्न सकिन्छ । बेवास्ता गर्नु पनि हिंसा गर्नेलाई प्रोत्साहन हो । सामाजिक सञ्जालको कुनै कमेन्ट, कुनै मेसेजका कारण कसैको घरबार बिग्रन सक्छ, अनेक प्रश्न उठाउन र तनाव सिर्जना गर्न सक्छ ।

अरुलाई जिस्काएर समय खेर फाल्नुभन्दा रचनात्मक कार्य गरेर साथीहरू कमाउन सकिन्छ, प्रेमिका बनाउन सकिन्छ । मानिससँग कुरा गर्ने, कमेन्ट गर्ने तरिका हुन्छ । के यति सामान्य ज्ञान पनि दिइरहनुपर्ने हो ? मलाई त लाग्छ, हाम्रो देशमा यौन शिक्षा, महिला अधिकार, मौलिक अधिकारबारे मानिसहरूलाई बुझाउनैपर्छ । शिक्षित भनाउँदा, जो महिला हिंसा गर्न अभ्यस्त छन्, उनीहरुलाई कारबाही पनि गर्नुपर्छ ।

लुगा लगाउनु व्यक्तिको व्यक्तिगत रुचि हो । तर, कहाँ कस्तो लुगा लगाउने भन्ने सामान्य नियम हुन सक्छन् । जस्तै, कार्यालय वा कलेजमा युनिफर्म तोकेको छ भने त्यही अनुसार लगाउनुपर्छ । त्यस्तै, सामाजिक मान्यता वा नियमको कुरा आउँछ । समाजले त छाती खोलेर हिँड्ने पुरुषलाई केही भन्दैन, तर महिलालाई सबै छोपेर हिँड्नुपर्छ भन्छ रे । के यो न्यायसंगत भयो त ? मुद्दा यो हो कि पुरुष जसरी निर्धक्क हिँडेका छन्, महिला पनि निर्धक्क हिँड्न पाउनुपर्ने वातावरण बन्नुपर्छ । यसमा धेरैको तर्क हुन्छ, तिम्रै सुरक्षाका लागि त हो ।

हिंस्रक जनावरसँग डराएजस्तै पुरुषसँग डराउनुपर्ने किन रु पुरुष डराउनुपर्यो नि महिलाहिंसा गर्न, बलात्कार गर्न, होइन र ? कुनै महिलाले ढाड, तीघ्रा, पेट देखाएर हिँडी, के देखाउँदैमा पुरुषले अपराध गरिहाल्नुपर्छ ? कतिपयले महिलाले छोटा कपडा लगाएर समाज भड्काएको पनि टिप्पणी गर्छन् । कहाँ कस्तो लुगा लगाउने भन्ने कानुन वा संहिता बनेको वा बनाइएको छ भने ठीकै छ । नत्र लुगामाथि कमेन्ट किन ? मान्छे निर्वस्त्र हिँडेको छ भने प्रहरी वा प्र्रशासनले कारबाही गर्छ । व्यक्ति नै खनिनुपर्ने सोचको पछाडि के छ ? त्यसको खोजी हुनुपर्ने होला । आफ्नो छनोटअनुसारको लुगा लगाउने महिला वेश्या रे । वेश्या भनेको के हो ? को किन वेश्या बन्छ रु वेश्या कसले बनाउँछ रु प्रश्न धेरै छन् ।

कसैलाई वेश्या भन्ने अधिकार, पोसाकमाथि औँला उठाउने अधिकार कसले कसरी दियो रु हामीले सोच्नुपर्ने, बुझ्नुपर्ने र व्यवहारमा ल्याउनेपर्ने धेरै कुरा छन् । कसैका व्यक्तिगत विषयमा त्यत्तिकै बोल्न, कमेन्ट गर्न पाइँदैन । त्यसले कस्तो असर गर्छ भन्ने ख्याल गर्नुपर्छ । मलाई केही महिला साथीहरुले आफूलाई पुरुषका कस्ता मेसेज आउँछन्, फोन आउँछन् भन्ने सुनाएका छन् । समाजमा आफ्ना श्रीमती वा चेलीहरुले शरीर छोपेर हिँडून् र अन्य महिलाले छोटो लुगा लगाएर आफ्नो सामु आवोस् भन्ने चाहना राख्ने पुरुष पनि समाजमा नभएका होइनन् ।

केही समयअघि सरकारी नम्बर प्लेटको मोटरसाइकलमा चढ्ने युवतीको ढाडको खुबै आलोचना भयो । अनेक प्रश्न आए । महिलाले पहिरन पुरुषको चाहना अनुसार लगाउनुपर्छ भन्ने छैन । आफ्नो जिऊ ऊ आफ्नो रुचि अनुसारको कपडाले छोप्छे । जसरी पुरुषको पहिरनमाथि महिलाले कुनै टिप्पणी गर्दैनन्, त्यसरी नै महिलाको पहिरनमाथि पुरुषले कुनै टिप्पणी नगर्ने सहज वातावरण बनाउन सकिँदैन रु हामी यही अभ्यासमा हुनुपर्छ ।

  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

सुर्खेत, कार्तिक ७ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...

कांग्रेस १४ औं महाधिवेशन विशेष: देउवा-पौडेल समीकरण बन्ला ?

कांग्रेसमा नेतृत्वका लागि देउवा र पौडेलबीच सहकार्य हुने चर्चा अनौपचारिक तहमा हुन थालेको छ तर देउवाले सकेसम्म आफैं नेतृत्वमा आउने, नभए शशांकलाई सघाउने...

होमनारायण श्रेष्ठको कोरोना अनुभवः मैले यसरी जिते ७ दिनमै कोरोना

होमनारायण श्रेष्ठ अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड-१९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट...

सम्बन्धित शीर्षक

  •  
  •  
  •